-
लुका २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तर उहाँले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “त्यसोभए यस्तो लेखिनुको अर्थ के हो त: ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ’?+
-
-
प्रेषित ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ नै ‘त्यो ढुङ्गो हुनुहुन्छ, जसको तपाईँ डकर्मीहरूले कदरै गर्नुभएन तैपनि उहाँ कुनाको शिरढुङ्गो+ बन्नुभएको छ।’
-
-
१ कोरिन्थी ३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ किनकि पहिल्यै बसालिएको जगबाहेक अरू कुनै जग कसैले बसाल्न सक्दैन र त्यो जग येसु ख्रिष्ट हुनुहुन्छ।+
-
-
१ पत्रुस २:४-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हो, तिमीहरू त्यस जीवित ढुङ्गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्वरले चुन्नुभयो अनि अनमोल ठान्नुभयो।+ ५ त्यसैले तिमीहरू आफै पनि जीवित ढुङ्गा हौ र तिमीहरूलाई आध्यात्मिक घरको रूपमा* निर्माण गरिँदै छ+ ताकि तिमीहरू पवित्र पुजारीको दल बन्न सक र तिमीहरूले परमेश्वरलाई येसु ख्रिष्टमार्फत स्वीकार्य आध्यात्मिक बलिदान* चढाउन सक।+ ६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्गो हो; त्यसमाथि विश्वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+
७ त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्वास गऱ्यौ तर विश्वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ”+
-