-
उत्पत्ति १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि परमेश्वरले भन्नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्।”+ तब त्यस्तै भयो।
-
-
अय्युब ३८:८-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ कसले समुद्रको ढोका थुनिदियो?+
जब समुद्र गर्भबाट उर्लेर निस्कियो,
९ जब मैले त्यसलाई बादल पहिराइदिएँ
र त्यसलाई कालो बादलले बेरिदिएँ,
१० जब मैले त्यसको सीमा तोकिदिएँ
अनि त्यसको ढोका थुनेर त्यसमा आग्लो लगाइदिएँ+
११ र त्यसलाई यसो भनेँ: ‘बस्, तँ यहीँसम्म मात्र आउन सक्छस्;
तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्,’ तब तिमी कहाँ थियौ?+
-
-
यर्मिया ५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ यहोवा घोषणा गर्नुहुन्छ, ‘के तिमीहरूलाई मेरो डर छैन?
तिमीहरू मसामु थरथर काँप्नुपर्ने होइन र?
मैले नै बालुवालाई समुद्रको सिमाना बनाएँ।
समुद्रले बालुवालाई कहिल्यै ननाघोस् भनेर मैले परिवर्तन नहुने एउटा नियम ठहराएँ।
समुद्रका छालहरू जति नै उर्ले पनि बालुवामाथि विजयी हुन सक्दैनन्।
ती जति नै गर्जे पनि बालुवालाई पार गर्न सक्दैनन्।+
-