-
उपदेशक ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यस्तो मानिस पनि हुँदो रहेछ: ऊ नितान्त एक्लो छ, उसको कोही साथी छैन। उसको छोरा वा दाजुभाइ कोही पनि छैन। तैपनि ऊ एकछिन पनि आराम नगरीकन मेहनत गरिरहन्छ। जति सम्पत्ति बटुले पनि उसको मन भरिँदैन।+ के उसले कहिल्यै यसरी विचार गर्ला, ‘असल कुराहरूबाट आफैलाई वञ्चित गरेर म कसको लागि यत्तिका मेहनत गर्दै छु’?+ यो पनि व्यर्थ र दुःखलाग्दो काम रहेछ।+
-
-
लुका १२:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+
-