-
मत्ति २१:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ र उहाँलाई भने: “यिनीहरू के भन्दै छन्, के तपाईँ सुन्दै हुनुहुन्छ?” येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “सुन्दै छु। के तिमीहरूले यो कुरा कहिल्यै पढेका छैनौ: ‘तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?”+
-
-
लुका १०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसै बेला उहाँ असाध्यै खुसी हुनुभयो र पवित्र शक्तिले भरिएर यसो भन्नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान् र बुद्धिजीवीहरूबाट+ होसियारीसाथ लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ। हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो।+
-
-
१ कोरिन्थी १:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर बुद्धिमान् मानिसहरूलाई सरममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई रोज्नुभयो अनि बलिया कुराहरूलाई सरममा पार्न परमेश्वरले संसारका कमजोर कुराहरूलाई रोज्नुभयो।+
-