-
नहेम्याह ६:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब सन्बलत र गेसेमले मलाई तुरुन्तै यस्तो सन्देश पठाए: “आउनुहोस्, हामी एउटा समय तोकेर ओनो बेँसीको+ एउटा गाउँमा भेटौँ।” तर वास्तवमा तिनीहरूले मलाई हानि पुऱ्याउने चाल चलिरहेका थिए। ३ त्यसैले मैले आफ्ना सन्देशवाहकहरूमार्फत उनीहरूलाई यस्तो सन्देश पठाएँ: “अहिले म असाध्यै महत्त्वपूर्ण काम गर्दै छु। त्यसैले म तपाईँहरूकहाँ आउन सक्दिनँ। यदि म त्यहाँ आएँ भने यो काम रोकिनेछ।”
-