-
१ समुएल २२:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि आफ्नो चारैतिर तैनाथ सिपाहीहरूलाई राजाले भने: “यहोवा परमेश्वरका पुजारीहरूलाई मार किनभने तिनीहरूले दाउदको पक्ष लिएका छन्! ऊ भगुवा हो भनेर तिनीहरूलाई थाह थियो तैपनि तिनीहरूले मलाई खबर गरेनन्!” तर राजाका सिपाहीहरू यहोवा परमेश्वरका पुजारीहरूमाथि हात उठाउन राजी भएनन्। १८ तब राजाले दोएगलाई+ भने: “जाऊ, पुजारीहरूलाई मार!” एदोमी+ दोएग तुरुन्तै गए र पुजारीहरूलाई मार्न थाले। त्यो दिन तिनले मलमलको एपोद* लगाएका ८५ जना पुजारीलाई मारे।+
-
-
१ राजा २:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ अनि राजा सुलेमानलाई यस्तो खबर दिइयो: “योआब भागेर यहोवा परमेश्वरको पालमा गएको छ र त्यहाँ वेदीको छेउमा बसिरहेको छ।” त्यसैले सुलेमानले यहोयादाका छोरा बेनायाहलाई यस्तो आदेश दिए: “जाऊ, त्यसलाई मार।”
-