प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० नुहले खेतीपाती गर्न थाले र तिनले अङ्‌गुरको बगान पनि लगाए। २१ एक दिन तिनी मद्य पिएर मात्तिए र पालभित्र सबै लुगा फुकालेर सुते।

  • हितोपदेश २३:२९-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ कष्ट कसलाई हुन्छ? छटपटी कसलाई हुन्छ?

      झगडा कसले गर्छ? गनगन कसले गर्छ?

      बिनसित्ति चोटपटक कसलाई लाग्छ? कसका आँखा राताराता* हुन्छन्‌?

      ३० जसले अबेरसम्म रक्सी पिइरहन्छ+

      अनि जो कडा रक्सी खोज्दै हिँड्‌छ।*

      ३१ प्यालामा चमचम चम्किने र घाँटीमा सरर्र बग्ने

      रक्सीको रातो रङ्‌गलाई नहेर

      ३२ किनकि अन्तमा त्यसले सर्पले झैँ डस्छ

      अनि विषालु सर्पले झैँ विष ओकल्छ।

      ३३ तिम्रा आँखाले अनौठा दृश्‍यहरू देख्नेछन्‌

      अनि तिम्रो मनले अर्थ न बर्थका कुराहरू गर्नेछ।+

      ३४ अनि तिमीलाई आफू समुद्रको बीचमा तैरिरहेको छु जस्तो लाग्नेछ,

      जहाजको मस्तुलको टुप्पामा सुतिरहेको छु जस्तो लाग्नेछ।

      ३५ तिमीले भन्‍नेछौ: “तिनीहरूले मलाई हिर्काए तर मैले थाहै पाइनँ।*

      तिनीहरूले मलाई कुटे तर मैले चालै पाइनँ।

      म कहिले ब्युँझिऊँ+ र

      अर्को एक घुट्‌को रक्सी पिऊँ?”*

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने