५ यहुदियाका राजा हेरोदको+ पालामा जकरिया नाम गरेका एक जना पुजारी थिए। तिनी अबियाह दलका थिए+ र तिनकी पत्नी हारुन वंशकी थिइन् र उनको नाम इलिसिबा थियो। ६ तिनीहरू दुवै जना परमेश्वरको नजरमा धर्मी थिए। तिनीहरू यहोवा परमेश्वरका सबै आज्ञा र नियम पालन गर्दै निर्दोष जीवन बिताउँथे।