-
१ समुएल १५:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+ २३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+
-
-
यसैया १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवा यसो भन्नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+
-