-
उत्पत्ति ३७:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+ १० युसुफले आफ्नो बुबा अनि दाइहरूलाई आफ्नो सपनाबारे बताउँदा याकुबले युसुफलाई यसरी हप्काए: “हैन, तिमीले यो कस्तो सपना देख्यौ हँ? त्यसोभए मैले, तिम्री आमा र तिम्रा दाइहरू सबैले साँच्चै तिमीलाई ढोग्नुपऱ्यो?” ११ त्यसपछि त दाइहरूले युसुफको झनै डाह गर्न थाले+ तर तिनीहरूका बुबा याकुबले भने युसुफले भनेको सबै कुरा मनमा राखिरहे।
-
-
हितोपदेश १४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० शान्त हृदयले शरीर स्वस्थ बनाउँछ
तर डाहले हड्डी गलाउँछ।+
-
-
प्रेषित १७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर यो देखेर यहुदीहरू डाहले भरिए+ र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्गाको सिकार बनाउन चाहन्थे।
-