प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २१:८-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तब ईजेबेलले आहाबको नाममा पत्रहरू लेखिन्‌ र त्यसमा आहाबको छाप लगाइन्‌।+ अनि नाबोथको सहरका नाइकेहरू र प्रतिष्ठित व्यक्‍तिहरूकहाँ ती पठाइन्‌।+ ९ उनले पत्रहरूमा यस्तो लेखेकी थिइन्‌: “उपवासको घोषणा गर र नाबोथलाई सबैको अगाडि बसाओ। १० त्यसपछि दुई जना निकम्मा मानिस ल्याएर नाबोथको अगाडि बसाओ र तिनीहरूलाई नाबोथको विरुद्धमा झूटो बयान दिन लगाओ।+ तिनीहरूलाई यसो भन्‍न लगाओ, ‘तिमीले परमेश्‍वर र राजाको निन्दा गरेका छौ!’+ त्यसपछि नाबोथलाई सहरबाहिर लगेर ढुङ्‌गाले हानेर मार।”+

      ११ ईजेबेलले पत्रहरूमा जे लेखेर पठाएकी थिइन्‌, नाबोथको सहरका नाइकेहरू र प्रतिष्ठित व्यक्‍तिहरूले त्यही गरे।

  • यर्मिया ३८:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसैले ती भारदारहरूले राजालाई यसो भने: “यस मानिसलाई मार्ने आदेश दिनुहोस्‌।+ किनकि यसले नानाथरी कुरा गरेर सहरमा बाँकी रहेका सिपाहीहरू र सबै मानिसको मनोबल घटाउने काम गर्दै छ। यसले यी मानिसहरूको भलो चिताएको छैन, यो त यिनीहरूमाथि विपत्ति आइपरेको चाहन्छ।” ५ राजा सिदकियाहले यस्तो जवाफ दिए: “ऊ तपाईँहरूकै हातमा छ। उसलाई जे सजाय दिन चाहनुहुन्छ, दिनुहोस्‌। किनकि राजाले समेत तपाईँहरूलाई रोक्न सक्दैन।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने