-
लेवी २०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “‘यदि कुनै मानिसले आफ्नो बुबा वा आमालाई सराप्यो भने उसलाई मार्नै पर्छ।+ उसले आफ्नो बुबा वा आमालाई सरापेकोले उसको रगतको दोष उसैलाई लाग्नेछ।
-
-
हितोपदेश १९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ बुबालाई दुर्व्यवहार गर्ने र आमालाई घरबाट निकाल्ने छोराले
लाज र बदनामी ल्याउँछ।+
-
-
मर्कुस ७:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० उदाहरणका लागि, मोसाले भनेका थिए: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+ ११ तर तिमीहरू भन्छौ: ‘यदि कसैले आफ्नो बुबा वा आमालाई “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्, ती सबै कुर्बानी (अर्थात्, परमेश्वरलाई अर्पण गरेको भेटी) हो” भन्छ भने त्यो ठीकै हो।’
-