-
गन्ती २३:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यी मानिसहरू सिंहझैँ खडा हुन्छन्,
सिंहझैँ तिनीहरू जुरुक्क उठ्छन्।+
आफ्नो सिकार नखाएसम्म तिनीहरू पल्टँदैनन्
सिकारको रगत नपिएसम्म ढल्कँदैनन्।”
-
-
यसैया ३१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ किनकि यहोवाले मलाई यसो भन्नुभएको छ:
“जसरी जवान र पट्ठो सिंहले गर्जँदै आफ्नो सिकारलाई जोगाउँछ
अनि गोठालाहरू हुलै बाँधेर आए पनि
तिनीहरूको होहल्ला सुनेर त्यो डराउँदैन
र तिनीहरूले तर्साउन खोजे पनि त्यो पटक्कै तर्सिँदैन,
त्यसैगरि सेनाहरूका यहोवा तल ओर्लनुहुनेछ
अनि सियोन डाँडाको निम्ति र त्यसको थुम्कोको निम्ति लड्नुहुनेछ।
-