-
गन्ती २०:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि मोसा र हारुनले त्यस पहराअगाडि सारा समुदायलाई भेला गराए। त्यसपछि मोसाले तिनीहरूलाई भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्यो?”+
-
-
गन्ती २०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ पछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: “तिमीहरूले ममाथि विश्वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+
-
-
२ समुएल १२:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+ १० हित्ती उरियाहकी पत्नीलाई आफ्नी पत्नी बनाएर तिमीले मलाई तुच्छ सम्झेको हुनाले तिम्रो घरानाले तरबारबाट कहिल्यै विश्राम पाउनेछैन।’+ ११ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+
-