-
व्यवस्था ६:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरूलाई पुऱ्याउनुभएपछि त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ;+ ११ तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्नै परेन; तिमीहरूले अङ्गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन। अनि त्यहाँ तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+
-
-
हितोपदेश १३:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ भला मानिसले आफ्ना नातिनातिनाको लागि पैतृक-सम्पत्ति छोड्छ;
पापी मानिसको धनसम्पत्ति धर्मी मानिसको लागि हुन्छ।+
-