-
एस्तर ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ हरेक प्रान्त र हरेक सहर, जहाँ-जहाँ राजाको यो आदेश र कानुन घोषणा गरियो, त्यहाँ-त्यहाँ यहुदीहरू हर्षित भए र खुबै रमाइलो गरे। तिनीहरूले भोज लगाए र खुसीयाली मनाए। अनि अरू जातिका थुप्रै मानिस यहुदी बने+ किनकि तिनीहरूमाझ यहुदीहरूको त्रास फैलिएको थियो।
-
-
यसैया १४:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन् र याकुबको घरानासित मिसिनेछन्।+ २ जातिजातिका मानिसहरूले तिनीहरूलाई फर्काएर तिनीहरूकै भूमिमा पुऱ्याउनेछन् अनि इस्राएलको घरानाले यहोवाको भूमिमा उनीहरूलाई दास-दासी बनाउनेछन्।+ आफूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैद गर्नेछन् र आफूलाई काममा दलाउनेहरूलाई* आफ्नो अधीनमा राख्नेछन्।
-
-
यसैया ६०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन् अनि तिमीलाई दण्डवत् गर्नेछन्,
तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्,
तिनीहरूले तिमीलाई यहोवाको सहर भन्नेछन्,
तिमीलाई इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्।+
-