-
उत्पत्ति ४६:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि याकुब बेर्सेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्ना बुबा, आफ्ना छोराछोरी र आ-आफ्नी पत्नीलाई फारोले पठाएका बयलगाडाहरूमा राखे र उनीहरू मिश्रतिर लागे। ६ उनीहरूले कनानमा जम्मा गरेका मालसामान र वस्तुभाउ पनि आफूसित लगे। अन्तमा याकुब र तिनका सबै सन्तान मिश्र आइपुगे। ७ यसरी याकुबले आफ्नो सबै सन्तान—आफ्ना छोराछोरी र नातिनातिना सबैलाई मिश्रमा ल्याए।
-