-
मत्ति ८:१४-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+ १५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्। १६ तर साँझ परेपछि मानिसहरूले प्रेतहरू* बास गरेका धेरै जनालाई उहाँकहाँ ल्याए अनि उहाँले प्रेतहरूलाई एकै वचनले धपाउनुभयो र बिरामीहरूजति सबैलाई निको पार्नुभयो। १७ यसप्रकार भविष्यवक्ता यसैयाद्वारा भनिएको यो वचन पूरा भयो: “उसले हाम्रो रोगबिमार लियो अनि पीडा बोक्यो।”+
-