-
यर्मिया ३४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हालै* तिमीहरूले आफ्नो मन बद्लियौ र आफ्ना दाजुभाइलाई मुक्त गरेर मेरो नजरमा जे सही छ, त्यही गऱ्यौ। अनि तिमीहरूले मेरो नाम जोडिएको यस मन्दिरमा मसामु करार गऱ्यौ। १६ तर तिमीहरूले फेरि आफ्नो मन बद्लियौ र आफ्ना दास-दासीलाई फर्काएर ल्यायौ, जसलाई पहिले तिमीहरूले तिनीहरूको इच्छाअनुसारै मुक्त गरिदिएका थियौ। तिमीहरूले तिनीहरूलाई फेरि जबरजस्ती आफ्नो दास बनायौ। यसरी तिमीहरूले मेरो नाम बिटुलो पाऱ्यौ।’+
-
-
मिका ३:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+
तिमीहरू मेरा मानिसहरूको छाला काढ्छौ अनि हड्डीबाट मासु लुछ्छौ।+
३ तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+
अनि तिनीहरूको छाला काढ्छौ,
खड्कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ
तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+
४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन्
तर उहाँले जवाफ दिनुहुनेछैन।
तिनीहरूको दुष्टताले गर्दा+
त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+
-