-
मत्ति ४:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि नासरत छोडेपछि उहाँ समुद्रछेउमा पर्ने कफर्नहुममा आएर बस्न थाल्नुभयो,+ जुन जबुलुन र नप्तालिको इलाकामा पर्थ्यो। १४ यसरी भविष्यवक्ता यसैयाले भनेको यो वचन पूरा भयो: १५ “हे जबुलुनको भूमि र नप्तालिको भूमि, समुद्रको बाटो छेउ अनि यर्दन नदीको पारि पर्ने इलाका, जातिजातिहरूको गालिल! १६ अँध्यारोमा बसिरहेका मानिसहरूले एउटा चहकिलो ज्योति देखे+ अनि मृत्युको छाया परेको ठाउँमा बसिरहेकाहरूमाथि ज्योति उदायो।”+
-
-
लुका १:७८, ७९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७८ हाम्रा परमेश्वरको कोमल करुणाको कारण उहाँले त्यसो गर्नुहुनेछ। माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ, ७९ जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ+ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा डोऱ्याउनेछ।”
-
-
युहन्ना १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हरकिसिमका मानिसलाई ज्योति दिने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो।+
-