प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ जमिन थर्काउँदै अघि बढ्‌ने सिपाहीहरूका जुत्ता

      र रगतमा लतपतिएका सबै लुगा

      आगोमा भस्म गरिनेछ।

  • यसैया ३०:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ हेर! यहोवा* टाढाबाट आउँदै हुनुहुन्छ।

      उहाँ आफ्नो बल्दो रिस र घना बादलसहित आउँदै हुनुहुन्छ।

      उहाँका ओठ क्रोधले भरिएका छन्‌

      र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छ।+

  • यसैया ३१:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तब अस्सेरियालीहरू तरबारले काटिनेछन्‌, जुन तरबार मानिसको होइन;

      तरबारले तिनीहरूलाई सखाप पार्नेछ तर मानिसको तरबारले त होइन।+

      त्यो तरबार देखेर तिनीहरू भाग्नेछन्‌।

      तिनीहरूका युवकहरूलाई काममा जोताइनेछ।

       ९ त्रासले गर्दा तिनीहरूको चट्टान बिलाएर जानेछ।

      झन्डा ठड्‌याइएको देखेर तिनीहरूका राजकुमारहरू थरथर काँप्नेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ,

      जसको ज्योति* सियोनमा छ र जसको आगोको भट्टी यरुसलेममा छ।

  • नहुम १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+

      उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+

      उहाँको रिस आगोजस्तै खनिनेछ

      अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने