-
आमोस ९:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+
त्यसका* चिराहरूलाई मर्मत गर्नेछु,
भग्नावशेषलाई फेरि बनाउनेछु;
अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+
१२ अनि तिनीहरूले एदोमको बाँकी रहेको भूमिमा अधिकार जमाउनेछन्;+
मेरो नाम पुकार्ने अरू सबै राष्ट्रमा पनि अधिकार जमाउनेछन्,’ यहोवा घोषणा गर्नुहुन्छ। उहाँले नै यी सब गर्नुहुनेछ।
-
-
ओबदियाह १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ याकुबको घराना आगोजस्तै हुनेछ,
युसुफको घराना आगोको ज्वालाजस्तै हुनेछ
अनि एसावको घरानाचाहिँ ठोसोजस्तै हुनेछ।
उनीहरूले त्यसलाई जलाएर भस्म गरिदिनेछन्
अनि एसावको घरानाको कोही पनि बाँकी रहनेछैन+
किनकि यहोवा स्वयम्ले यो कुरा भन्नुभएको हो।
-