-
यर्मिया ९:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ निर्जनभूमिमा यात्रुहरू बास बस्ने ठाउँ भइदिएको भए,
म मेरा मानिसहरूलाई चटक्कै छोडेर त्यहीँ जाने थिएँ।
किनकि तिनीहरू सबै व्यभिचार* गर्छन्;+
तिनीहरू सबै छली छन्।
३ ताँदो चढाइएको धनु काँड हान्न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ।
तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+
“तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्,
मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।
-