-
मर्कुस १२:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ मरेकाहरू ब्युँतने विषयमा के तिमीहरूले झाडीसम्बन्धी मोसाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ।’+
-
-
प्रकाश २०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+ १३ त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+
-