-
यसैया ६०:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;
तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।
तिनीहरू मैले रोपेका बिरुवा,
मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+
२२ थोरैचाहिँ हजार हुनेछ
अनि सानोचाहिँ शक्तिशाली जाति हुनेछ।
म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।”
-
-
यर्मिया ३०:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ यहोवा यसो भन्नुहुन्छ:
“याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्, तिनीहरूलाई म जम्मा गर्नेछु,+
तिनको वासस्थानलाई* म दया गर्नेछु।
डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+
र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्।
१९ तिनीहरूले धन्यवाद चढाउनेछन् र तिनीहरूको हाँसो गुञ्जिनेछ।+
म तिनीहरूको सङ्ख्या बढाउनेछु,+
तिनीहरू बढेर अनगिन्ती हुनेछन्*
र कसैले तिनीहरूलाई हेप्नेछैन।+
-