-
२ इतिहास ३६:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरूका पितापुर्खाका परमेश्वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+
-
-
यसैया ८:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उहाँ शरणस्थान बन्नुहुनेछ
तर इस्राएलका दुवै घरानाको लागि
उहाँ ठक्कर दिने ढुङ्गा+
र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।
यरुसलेमका बासिन्दाहरूका लागि
उहाँ पासो र जाल बन्नुहुनेछ।
१५ धेरै जना ठेस खाएर लड्नेछन् र घाइते हुनेछन्।
तिनीहरू पासोमा पर्नेछन् र समातिनेछन्।
-