-
२ इतिहास १६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर ती दर्शीको कुरा आसालाई मन परेन। आसा उनीसित साह्रै रिसाए र उनलाई झ्यालखानामा हालिदिए। त्यसै बेलादेखि तिनले अरू मानिसहरूलाई पनि दुर्व्यवहार गर्न थाले।
-
-
२ इतिहास १८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तब इस्राएलका राजाले यहोसापातलाई भने: “यहोवा परमेश्वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ।+ तर मलाई ऊ फिटिक्कै मन पर्दैन। किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन,+ सधैँ नराम्रो कुरा मात्र भन्छ। ऊ इम्लाहको छोरा मिकायाह हो।” तर यहोसापातले भने: “तपाईँ त राजा हुनुहुन्छ। तपाईँले यस्तो कुरा गर्नु उचित होइन।”
-