-
१ इतिहास ५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० परमेश्वरले तिनीहरूलाई युद्ध लड्न मदत गर्नुभयो। उहाँले हगारीहरू र उनीहरूलाई साथ दिने सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो किनभने तिनीहरूले युद्ध लड्न परमेश्वरसित मदत मागेका थिए। परमेश्वरले तिनीहरूको पुकारा सुन्नुभयो किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।+
-
-
२ इतिहास १६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ के इथियोपियालीहरू र लिबियालीहरूको सेना विशाल थिएन र? के तिनीहरूको फौजमा थुप्रै रथ र घोडचढी थिएनन् र? तर त्यसबेला तपाईँ यहोवामाथि भर पर्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईँको हातमा सुम्पिदिनुभएको थियो।+
-