-
यर्मिया २९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि तिमीहरूले भेट्टाउन सक भनेर म पनि तिमीहरूसामु देखा पर्नेछु,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘कैदमा परेका तिमीहरू सबैलाई म जम्मा गर्नेछु। जुन-जुन देश र ठाउँहरूमा मैले तिमीहरूलाई तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु।+ अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही ठाउँमा फिर्ता ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+
-
-
इजकिएल ३७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “अनि तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म इस्राएलीहरूलाई चारैतिरबाट जम्मा गर्नेछु। तिनीहरू तितरबितर भएर जहाँ-जहाँ गए, म तिनीहरूलाई त्यहाँ-त्यहाँबाट फर्काएर तिनीहरूकै देशमा ल्याउनेछु।+
-