-
२ राजा २४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।
-
-
२ इतिहास ३६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे।+
-
-
यर्मिया २२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० यहोवा यसो भन्नुहुन्छ:
‘यी मानिस निस्सन्तान हुन्
अनि जीवनभर सफलता हासिल नगरेका मानिस हुन् भनेर लेख।
किनकि यिनका कुनै पनि सन्तानले दाउदको सिंहासनमा बसेर यहुदामा शासन गर्न पाउनेछैनन्।’”+
-