१७ तिनीहरू मिश्रतिर जान अघि बढे+ अनि बेतलेहेमनजिकै+ किमहाममा बास बसे। १८ तिनीहरू कल्दियालीहरूदेखि डराएर मिश्र जान लागेका थिए किनकि नेथन्याहका छोरा इस्माएलले अहिकामका छोरा गदल्याहको हत्या गरेका थिए, जसलाई बेबिलोनका राजाले यहुदाको रेखदेख गर्न नियुक्त गरेका थिए।+