-
यसैया १४:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “म त्यसलाई दुम्सीको दुलो बनाउनेछु अनि त्यसका सबै इलाका दलदल बनाउनेछु। म त्यसलाई विनाशको खरेटोले बढार्नेछु,”+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
-
-
यर्मिया ५०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ किनकि उत्तरको एउटा देश त्यसविरुद्ध आएको छ।+
देख्नेहरूसमेत डरले थरथर काँप्नेगरि त्यसले बेबिलोनलाई नाश गरिदिएको छ।
त्यहाँ कोही पनि बस्दैन।
मानिस र पशुपक्षी सबै त्यहाँबाट भागेका छन्।
तिनीहरू त्यो ठाउँ छोडेर गए।”
-
-
यर्मिया ५१:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ
किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।
उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।+
-