-
२ राजा २४:१७-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए।
१८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्। १९ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २० यहोवा परमेश्वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+
-