-
२ इतिहास ४:११-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+
यसरी हिरामले साँचो परमेश्वरको भवनमा ती सबै काम गरिसिद्ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+ १२ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए; ती कचौरा आकारका शिरहरूलाई सिङ्गार्न दुई वटा जाली;+ १३ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति;+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले खम्बाहरूका शिरलाई सिँगारेका थिए;+ १४ दस वटा ठेलागाडा र ठेलागाडामा राखिने १० वटा बाटा;+ १५ ‘समुद्र’ भनिने विशाल खड्कुँलो र त्यसमुनि भएका १२ वटा साँढे+
-