-
यर्मिया ५:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तिनीहरूले यहोवालाई त्यागेका छन्। तिनीहरू यसो भन्न छोड्दैनन्,
‘उहाँले हामीलाई केही गर्नुहुनेछैन।*+
हामीमाथि कुनै विपत्ति आइलाग्नेछैन;
हामीले तरबार वा अनिकालको सामना गर्नुपर्नेछैन।’+
१३ भविष्यवक्ताहरू खोक्रा कुरा गर्छन्,
तिनीहरूसित परमेश्वरको वचन छैन।
तिनीहरूको कुराजस्तै तिनीहरू पनि बिलाएर जाऊन्!”
-
-
यर्मिया २३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले ती भविष्यवक्ताहरूबारे सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“तिनीहरूलाई म तीतेपाती चपाउन लगाउनेछु
र विषालु पानी पिउन लगाउनेछु+
किनकि यरुसलेमका भविष्यवक्ताहरूले गर्दा देशका सबै मानिसले मलाई त्यागेका छन्।”
-