-
भजन १०७:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनीहरूले धन्यवादको भेटी चढाऊन्+
अनि हर्षोल्लासका साथ उहाँका कामहरूको जयजयकार गरून्।
-
-
भजन ११६:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ म तपाईँलाई धन्यवादको भेटी चढाउनेछु;+
म यहोवाको नाम पुकार्नेछु।
-
-
यर्मिया ३३:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “यहोवा यसो भन्नुहुन्छ: ‘कुनै मानिस वा वस्तुभाउसमेत नरहनेगरि उजाड हुनेछ भनेर तिमीले घोषणा गरेको यो ठाउँ अर्थात् यहुदाका सहरहरू र यरुसलेमका बाटोहरू, जुन अहिले कुनै मानिस अनि कुनै वस्तुभाउ नभएकोले उजाड भएको छ, ११ यहाँ फेरि खुसीयाली र रमाहटको आवाज सुनिनेछ,+ दुलहा र दुलहीको आवाज सुनिनेछ अनि मानिसहरूले यसो भन्नेछन्: “सेनाहरूका यहोवालाई धन्यवाद चढाओ किनकि यहोवा भला हुनुहुन्छ।+ उहाँको अटल प्रेम कहिल्यै टल्दैन!”’+
“‘तिनीहरूले यहोवाको भवनमा धन्यवादका भेटीहरू ल्याउनेछन्+ किनकि म तिनीहरूलाई फेरि यस देशमा फिर्ता ल्याउनेछु र तिनीहरूलाई पहिलेजस्तै बलियो पार्नेछु,’ यहोवा भन्नुहुन्छ।”
-