-
१ राजा १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्; अझ त्योभन्दा बढ्ता गरून्।”
-
-
१ राजा १९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”
-
-
योना १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तर योना भने यहोवा परमेश्वरबाट टाढा भाग्न तर्सिसतिर लागे। तिनी तल जोप्पामा गए र त्यहाँ तर्सिस जाने जहाज भेटे। तिनले भाडा तिरे अनि जहाज चढेर यहोवा परमेश्वरबाट टाढा भाग्न तर्सिसतिर लागे।
-