-
एज्रा १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्वर तिमीहरूसँग रहून्। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्वर यहोवाको भवन पुनर्निर्माण गर।
-
-
यर्मिया १२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर तिनीहरूलाई उखेलेपछि म फेरि तिनीहरूमाथि कृपा देखाउनेछु र तिनीहरूलाई आ-आफ्नै भूमिमा फर्काउनेछु अनि तिनीहरूको उत्तराधिकार तिनीहरूलाई नै फिर्ता दिनेछु।”
-
-
यर्मिया २५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+
-
-
इजकिएल ३६:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ म तिमीहरूलाई जातिजातिको बीचबाट निकालेर ल्याउनेछु र सबै देशबाट जम्मा गरेर तिमीहरूकै देशमा फर्काउनेछु।+
-