-
२ राजा १७:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यहोवा परमेश्वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।” १४ तर तिनीहरूले उहाँको कुरा सुनेनन्। आफ्ना परमेश्वर यहोवामाथि विश्वास नगर्ने तिनीहरूका पितापुर्खाजस्तै तिनीहरू पनि हठी भइरहे।+
-
-
यर्मिया ७:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “‘जाओ, मैले सुरुमा आफ्नो नामको खातिर चुनेको+ पवित्र भूमि सिलोमा गएर हेर।+ मेरो प्रजा इस्राएलले खराब काम गरेकोले मैले त्यस ठाउँलाई के गरेँ, तिमीहरूले त्यहाँ गएर थाह पाउनेछौ।+ १३ तर तिमीहरूले खराब काम गरी नै रह्यौ,’ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+ १४ त्यसैले मेरो नाम दिइएको यस भवन, जसमा तिमीहरू भरोसा गर्छौ+ अनि यो ठाउँ, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ, यसको हालत पनि सिलोको जस्तै बनाउनेछु।+
-