११ जब सापानका नाति, गेमर्याहका छोरा मिकायाहले मुठामा लेखिएको यहोवाको सबै सन्देश सुने, १२ तब तिनी राजाको महलमा सचिवको कोठामा गए। त्यहाँ सबै भारदार: सचिव एलिसामा,+ सेमायाहका छोरा दलायाह, आक्बोरका+ छोरा एल्नातान,+ सापानका छोरा गेमर्याह, हानन्याहका छोरा सिदकियाह र बाँकी सबै भारदार थिए।