प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्‌नेजर त्यहाँ आए।

  • २ राजा २४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ बेबिलोनका राजाले यहोवा परमेश्‍वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्‍वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्‍वरले गर्नुभएको भविष्यवाणी पूरा भयो।

  • २ इतिहास ३६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ उनले यहोवा परमेश्‍वरको भवनमा भएका केही भाँडाकुँडा बेबिलोन लगे अनि ती भाँडाकुँडाहरू आफ्नो महलमा राखे।+

  • यर्मिया २८:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि त्यसै वर्ष यहुदाका राजा सिदकियाहको+ शासनको सुरुमा अर्थात्‌ चौथो वर्षको पाँचौँ महिनामा गिबोनमा+ बस्ने अज्जुरका छोरा भविष्यवक्‍ता हानन्याहले मलाई यहोवाको भवनमा पुजारीहरू र सबै मानिससामु भने: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।+ ३ बेबिलोनका राजा नबुकद्‌नेजरले यहाँ यहोवाको भवनबाट ओसारेर बेबिलोन पुऱ्‍याएका सबै सरसामान म दुई वर्षभित्रै फर्काएर ल्याउनेछु।’”+

  • दानिएल १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्‌नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने