प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २५:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘एदोमले बदलाको भाव राख्दै यहुदाको घरानालाई आक्रमण गरेर ठूलो अपराध गरेको छ।+ १३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+

  • इजकिएल ३५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “तैँले यसो भनिस्‌, ‘यी दुई जाति र यी दुई देश मेरा हुनेछन्‌ र म यिनीहरूमाथि कब्जा जमाउनेछु।’+ तर तैँले म यहोवा त्यहीँ छु भनेर बिर्सिस्‌। ११ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, तैँले तिनीहरूसित रिस, ईर्ष्या र दुस्मनी राखेर जस्तो व्यवहार गरिस्‌, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु+ अनि मैले तँलाई दण्ड दिँदा तिनीहरूले म को हुँ भनेर जान्‍नेछन्‌।

  • आमोस १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यसो भन्‍नुहुन्छ,

      ‘एदोमले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि उसले आफ्नै भाइलाई तरबार लिएर खेद्‌यो+

      अनि उसले कृपा देखाउन मानेन।

      अनि रिसको झोकमा उसले तिनीहरूलाई टुक्राटुक्रा पारिरहन्छ;

      ऊ तिनीहरूसित सधैँ क्रोधित भइरहन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने