प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्‍वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+

  • इजकिएल ११:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्‌गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+ २० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन्‌ र मेरा फैसलाहरू पालन गर्नेछन्‌। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”’

  • इजकिएल ४३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब परमेश्‍वरले मलाई यसो भन्‍नुभयो:

      “हे मानिसको छोरा, मेरो सिंहासन+ र पाउ राख्ने ठाउँ+ यही हो र म सधैँभरि इस्राएलीहरूमाझ यहीँ रहनेछु।+ अब इस्राएलको घरानाले र तिनीहरूका राजाहरूले वेश्‍यावृत्ति* गरेर अनि आफ्ना मरिसकेका राजाहरूका लासद्वारा* मेरो पवित्र नामलाई फेरि कहिल्यै बिटुलो पार्नेछैनन्‌।+

  • होसे २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ म उसलाई मेरो निम्ति पृथ्वीमा बिउजस्तै छर्नेछु,+

      कृपा नपाएकी* उसलाई म कृपा देखाउनेछु,

      जो मेरा मानिसहरू होइनन्‌,* तिनीहरूलाई म यसो भन्‍नेछु: “तिमीहरू मेरा मानिसहरू हौ”+

      अनि तिनीहरूले यसो भन्‍नेछन्‌: “तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।”’”+

  • प्रकाश २१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्‍वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्‌। परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने