-
२ राजा १९:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा गरेको बिन्ती मैले सुनेँ।+
-
-
इजकिएल २९:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीले यसो भन्नू: ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ:
“हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+
म तँविरुद्ध खडा भएको छु।
तैँले यसो भनिस्, ‘नाइल नदी मेरो हो।
मैले आफ्नै लागि यो बनाएको हुँ।’+
४ तर म तेरो बङ्गारामा बल्छी लगाउनेछु। तेरो नदीका माछालाई तेरो कत्लामा टाँसिदिनेछु।
म तँलाई र तेरो कत्लामा टाँसिएका सबै माछालाई नाइल नदीबाट निकाल्नेछु।
-
-
इजकिएल ३९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ म तँलाई फनक्क फर्काउनेछु र तँलाई उत्तरको टाढाको इलाकाबाट निकाल्नेछु+ र इस्राएलका डाँडाहरूमा पुऱ्याउनेछु।
-