-
गन्ती ३:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्।+ ७ तिनीहरूले वासस्थानसित* सम्बन्धित सेवा चढाएर भेट हुने पालसामु* हारुन र सारा समुदायप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्। ८ तिनीहरूले भेट हुने पालको सबै सरसामानको रेखदेख गरून्+ र वासस्थानसित सम्बन्धित सबै काम गरेर इस्राएलीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्।+
-
-
१ इतिहास ९:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्न छानिएकाहरू जम्मा २१२ जना थिए। वंशावलीमा जुन क्रममा उनीहरूको नाम लेखिएको थियो, त्यसैअनुसार उनीहरू आ-आफ्नो बस्तीमा बस्थे।+ उनीहरूलाई दाउद र दर्शी+ समुएलले नियुक्त गरेका थिए किनकि उनीहरू भरोसायोग्य थिए। २३ उनीहरू र उनीहरूका छोराहरूलाई यहोवा परमेश्वरको भवनको+ अर्थात् वासस्थानको प्रवेशद्वारको निगरानी गर्ने जिम्मेवारी दिइएको थियो।
-