-
लेवी ८:१८-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि तिनले अग्निभेटीको थुमालाई नजिकै ल्याए अनि हारुन र उनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखे।+ १९ अनि मोसाले त्यसलाई काटे र त्यसको रगत वेदीको चारैतिर छर्के। २० तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए। २१ तिनले त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाले; तिनले पूरै थुमालाई वेदीमाथि जलाए। यस अग्निभेटीबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना थियो। यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो उहाँको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।
-
-
इजकिएल ४५:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ पुजारीले पापभेटीको अलिकति रगत लिएर मन्दिरको ढोकाको चौकोसमा,+ वेदीको अग्लो खण्डको चार कुनामा र भित्री चोकको प्रवेशद्वारको चौकोसमा दल्नेछन्।
-