-
प्रस्थान २९:३६, ३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ तिमीले हरेक दिन पापको प्रायश्चितका लागि बहर काटेर पापभेटी चढाउनू; यसरी प्रायश्चितको बलि चढाएर वेदीको पाप हटाउनू र त्यसलाई शुद्ध पार्नू अनि वेदीलाई चोख्याउन अभिषेक गर्नू।+ ३७ तिमीले सात दिनसम्म वेदीको निम्ति प्रायश्चितको बलि चढाउनू र त्यसलाई चोख्याउनू; यसरी त्यो वेदी महापवित्र हुनेछ।+ वेदीमा सेवा गर्ने हरेक मानिस पवित्र हुनुपर्छ।
-
-
लेवी ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस् भनेर वेदीलाई चोख्याए।
-