प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्‌;

      राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।

  • यसैया ६०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तामाको सट्टा सुन

      र फलामको सट्टा चाँदी ल्याउनेछु;

      म काठको सट्टा तामा

      र ढुङ्‌गाको सट्टा फलाम ल्याउनेछु;

      म शान्तिलाई तिम्रो निरीक्षक

      अनि धार्मिकतालाई तिम्रो नाइके बनाउनेछु।+

  • यर्मिया २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ‘तर तिमी भने सधैँ छलकपट गरेर नाफा कमाउने बाटो खोजिरहन्छौ र त्यसैबारे मात्र सोचिरहन्छौ।

      तिमीलाई निर्दोषको रगत बगाउन,

      छलछाम गर्न र जबरजस्ती अरूको सरसम्पत्ति धुत्न मन पर्छ।’

  • यर्मिया २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्‌।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्‌, देशमा न्याय कायम गर्नेछन्‌ र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्‌।+

  • इजकिएल २२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिम्रा शासकहरू आफ्नो सिकारलाई च्यातचुत पार्ने ब्वाँसाजस्ता छन्‌। तिनीहरू नाफा कमाउनलाई अरूको रगत बगाउँछन्‌ र ज्यान लिन्छन्‌।+

  • इजकिएल ४६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ कुलनायकले कसैको पनि जमिन हडप्नु हुँदैन। तिनले कसैलाई पनि उसको पुर्ख्यौली जमिनबाट धपाउनु हुँदैन। मेरा मानिसहरू आफ्नो पुर्ख्यौली जमिनबाट जबरजस्ती ननिकालिऊन्‌। कुलनायकले आफ्ना छोराहरूलाई आफ्नै जमिनबाट अंश दिनुपर्छ।’”

  • मिका ३:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मैले भनेँ: “ए याकुबका नाइकेहरू हो

      र शासकहरू हो, कृपया सुन।+

      न्याय के हो, तिमीहरूलाई थाह हुनुपर्ने होइन र?

       २ तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+

      तिमीहरू मेरा मानिसहरूको छाला काढ्‌छौ अनि हड्डीबाट मासु लुछ्‌छौ।+

       ३ तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+

      अनि तिनीहरूको छाला काढ्‌छौ,

      खड्‌कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ

      तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने