४४ फेरि तिनले मलाई बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर लगे।+ त्यो बन्द थियो।+ २ अनि यहोवाले मलाई यसो भन्नुभयो: “यो प्रवेशद्वार सधैँ बन्द रहनेछ। यसलाई नखोल्नू। कोही पनि यो प्रवेशद्वारबाट आउन पाउनेछैन किनकि यहाँबाट इस्राएलका परमेश्वर यहोवा आउनुभएको हो।+ त्यसैले यो सधैँ बन्द रहनेछ।