३ त्यसपछि इस्राएलका परमेश्वरको महिमा+ करूबहरूबाट* हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो।+ अनि उहाँले मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका पुरुषलाई बोलाउनुभयो।
४ त्यसपछि यहोवा परमेश्वरको महिमा+ करूबहरू उभिएको ठाउँबाट हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो र मन्दिरलाई बिस्तारै बादलले ढाक्यो।+ अनि चोक यहोवा परमेश्वरको महिमाले उज्यालो भयो।